• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

अभिभावकले धान्नै नसक्ने निजी शिक्षा हामीलाई चाँहिदैन : उपाध्यक्ष भण्डारी

काठमाडौ । अखिल (क्रान्तिकारी) का उपाध्यक्ष तिलकराज भण्डारीले अखिल (क्रान्तिकारी) को सम्मेलनले निजि शिक्षा पुर्ण अन्त्यको कार्यदिशा निर्माण गर्ने बताएका छन् । 

 

OS Nepal सँगको  लाइभ कुराकानीमा सोधिएका विभिन्न प्रश्नहरुको जवाफ दिने क्रममा उपाध्यक्ष भण्डारीले सो दाबी गरेका हुन। नेपाली समाज गरिबहरुका निम्ति धान्नै नसक्ने गरि निर्मम हुँदै  गएको भन्दै  नेता भण्डारीले भने 'अभिभावकले बेहोर्नै र धान्नै नसक्ने निजी शिक्षा हामीलाई चाँहिदैन । सम्मेलनमा निजी शिक्षा अन्त्यको कार्यबिधी पास गर्छौं ।' 

 

असोज १४ बाट तिन दिन चल्ने २२ओैं केन्द्रिय सम्मेलन का लागी अधिकांश जिल्ला सम्मेलनहरु सम्पन्न गरेको अखिल (क्रान्तिकारी) ले लुम्बिनी प्रदेशमा मात्र नेतृत्व टुङ्ग्याएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार