• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

प्रमोद खरेलको स्वरमा 'बिहानीको मिरमिरेमा' सार्वजनिक

काठमाडौंं । प्रमोद खरेलको स्वर,दिपक शर्माको संगीत,ज्ञानेश्वर तिवारीको शब्द तथा अम्बिका अधिकारी तिवारीको निर्माणमा बनेको म्युजिक भिडियो 'बिहानीको मिरमिरेमा' सार्वजनिक गरिएको छ ।

 

 सुधिर श्रेष्ठ र उषा उप्रेती फिचर्ड भिडियोको निर्देशन तथा कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। आशुतोष अधिकारी, एसोसिएट निर्देशक रहेको भिडियोमा मिलन श्रेष्ठ र शाहील खानको सम्पादन,मानकृष्ण महर्जनको छायाँकन रहेको छ ।

 

ज्ञानेश्वर तिवारीले यस अघि मन पराएँ तिमीलाई सार्वजनिक गरेका थिए। अमेरिका बसेर पनि नेपाली गीत संगीतलाई अन्तररास्ट्रिय क्षेत्रमा प्रबर्धन गर्ने उदेश्यका साथ भिडियो निर्माण गरिएको निर्माता अम्बिका अधिकारी तिवारी बताउछिन ।

 

 रोमान्टिक गीतको भिडियोमा सुधिर र उषाको केमेस्ट्रि राम्रो जमेको छ । आशुतोष फिल्मसले निर्माण गरेको भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार