• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

७ जनाको मृत्यु, थप ९७५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंं । नेपालमा  पछिल्लो २४ घण्टामा ९७५ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।  १२ हजार ८१ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्या पुष्टि भएको हो ।

 

यस्तै, तीन हजार ४०७ वटा एन्टीजेन परीक्षण गर्दा ३०७ जनाको कोरोना संक्रमण देखिएको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  पछिल्लो २४ घण्टामा एक हजार २६२ जना कोरोनामुक्त भएको  जनाएको छ ।

 

यसैगरी पछिल्लो २४ घण्टामा सात जना सङ्क्रमितको मृत्यु भएको   मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म ११ हजार १०३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

 

यसैगरी पछिल्लो २४ घण्टामा तीन लाख १२ हजार ८७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार