• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

तालिबानद्वारा दाह्री काट्न प्रतिबन्ध,नियम तोड्नेलाई शरिया कानुन मान्नुपर्ने चेतावनी

तालिबानले नाऊहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लामको आफूहरूको व्याख्याको उल्लङ्घन गरेको बताउँदै अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो कार्य गर्नमा प्रतिबन्ध लगाएको छ।

 

उक्त नियम तोड्ने जोकोहीलाई सजाय दिइने बताइएको छ। राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तै निर्देशन दिइएको बताएका छन्।तालिबानले विगतमा जस्तो कडा व्यवहार नगर्ने बताउँदै आएको थियो।

 

गत महिना सत्ता आफ्नो हातमा लिएयता तालिबानले विपक्षीविरुद्ध कडा कारबाही गर्दै आएको छ।शनिवार तालिबानका लडाकुहरूले चारजना सन्दिग्ध अपहरणकारीहरूलाई गोली हानेर मारिदिएका थिए र उनीहरूले शरीर हेरात राज्यको सडकमा झुन्ड्याइएको थियो।

 

दक्षिणी हेलमन्डका सैलुनहरूमा टाँसिएका सूचनामा तालिबान अधिकारीहरूले नाऊहरूले कपाल र दाह्री काट्दा शरिया कानुन मान्नुपर्ने उल्लेख गरिएको छ।

उक्त निर्देशनले विगतमा जस्तै उक्त समूहको कडा शासन फर्किएको सङ्केत गरेको छ।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार