• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

भोइस अफ नेपाल सिजन -३ मार्फत दर्शक माझ परिचित अफ्रिताले ल्याइन 'कस्तो त्यो वेदनाले'

काठमाडौं । गायिका अफ्रिता खड्गीको  म्युजिक भिडियो'कस्तो त्यो वेदनाले' सार्वजनिक भएको छ ।  भोइस अफ नेपाल सिजन ३ मार्फत उनि दर्शक स्रोता माझ परिचित छिन् ।    

 

यस गीतमा शब्द, संगीत हाल इजरायलमा रहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बुको रहेको छ।  गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ।

 

भिडियोमा बाल्यकालको साथी संगको प्रेम र मित्रतालाई देखाउन खोजिएको छ। भिडियोमा स्वयम् गायिका खड्गी फिचर्ड छिन् भने बाल कलाकार समृद्धि र सौरभको  समेत अभिनय समावेश छ।

 

कुलेखानी  र ललितपुरमा छायांकन गरिएको भिडियोलाई इसाक जबेगुले छायांकन गरेका हुन्। सहायक छायाँकार  धिरेन तुम्बापो लिम्बु रहेका छन्।  भिडियोमा संजु थलाङको मेकअप रहेको छ। हाङ चेम्जोङको निर्देशनमा भिडियो तयार पारिएको हो।  

 

'राज लिम्बु अफिसिएल' मार्फत  भिडियो सार्वजनिक भएको हो ।  साथै  छिट्टै मेल भर्सनमा समेत गीत सार्वजनिक हुने तयारी रहेको  बताइएको छ।  

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार