• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

अध्यादेशबारे तत्काल निर्णय गर्न र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

 

गठबन्धनमा संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत जुटाएर दल विभाजन गर्ने गरी ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्ने विवाद छ ।

 

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको जोडबलमा सरकारले यो अध्यादेश २३ भदौमा प्रतिनिधिसभामा टेबल गरेको छ। तर यो अध्यादेश कायम रहँदासम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने जनता समाजवादी पार्टी (जसपा) को अडान छ।

 

त्यस्तै बैठकमा मन्त्रिपरिषद् विस्तारमा ढिला भएको र एकदुई दिनभित्रैमा टुंगोमा पुग्ने गरि तयारी गर्ने नेताहरुले सहमति गरेका छन् । बैठकमा संसदको गतिरोध र पछिल्लो घटनाक्रममा पनि छलफल भएको थियो । सरकार गठन भएको लामो समयबित्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन नसक्दा सरकारको आलोचना भइरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार