• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

१ हजार ३७१ जना संक्रमणमुक्त,६ संक्रमितको मृत्यु 

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ८१ हजार १०५ पुगेको छ । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५७९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


देशभर १ हजार ३७१ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ५९ हजार ८७५ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार