• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

नारीवादी अभियन्ता कमला भासिनको निधन

काठमाडौं । भारतीय नारीवादी अभियन्ता कमला भासिनको शनिबार बिहान ७५ वर्षको उमेरमा निधन भएको छ । 


सन् १९४६ मा राजस्थानमा जन्मिएकी कमलालाई केही महिनाअघि क्यानसर देखिएको थियो । १९७६ देखि २००१ सम्म राष्ट्रसंघीय नियोग खाद्य तथा कृषि संगठन (एफएओ) मा उनले काम गरेकी थिइन ।

 

लैंगिक समानताबारे विमर्श गर्न भासिन संगत की संस्थापक समेत हुन। उनको निधनले दक्षिण एसियाको महिला आन्दोलनमा धक्का पुगेको भन्दै अधिकारकर्मीहरुले अकस्मात निधनको खबरले मर्माहत बनाएको सामाजिक संजालमा लेखेका छन ।

 

अभियन्ता कविता श्रीवास्तवले  सामाजिक संजाल ट्विटर मार्फत भासिनको निधनको पुष्टि गरेकी छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार