• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

निकास 

लाज पनि लज्जायो है नेताहरु संग 
झोले ताली खाको भरमा के को पर्छौ दङ्ग ?

 

 मिडियाले भन्दै आछन सरकार भयो भ्रष्ट 
महालेखा इङ्गित गर्छ तिम्रा चाला प्रष्ट

 

के को ठुलो कुरा गर्छौ सेवा देको नाममा ?
कहिले दियौ तिमीले ध्यान पार्टी बेगर काममा ?

 

ऋण माथि ऋण थप्यौ दातृसहयोग मागी 
काम भने अधुरा छन बिकासको लागी

 

न छ तिनको खर्च सहि हिसाव शुद्ध छैन 
बेरुजुको भार बढ्दा अझै लाज हुँदैन ?

 

कहिलेसम्म हिनमिना प्रशासनिक नाममा ?
धेरथोर त इज्जत राख गरिबीको काममा

 

उटफट्याङ्गकोे बेला छैन देश डुब्नै लाग्यो 
झुटको खेति मौलाउँदा इमान पर भाग्यो

 

उल्टै ठुलो गर्व गर्छौ ऐना हेर्‍या छैन ?
राजनैतिक स्खलनको चेतना हुँदैन ?

 

बुझिबुझि बुझपचाउँने तरिका अचम्म 
घिउ बेच्ने र तरवार बेच्ने अरु कतिसम्म ?

 

जनताको आवाज ठ्याम्मै किन सुनिदैन ?
यहि चालाले अव तिम्रो भरोसा हुँदैन  

 

छोडिदेउ बरु ठाउँ युवा पिंढी आउँछ 
नयाँ जाँगर प्रवेश गरे देशले निकास पाउँछ ।।   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार