• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

के सोचे के भयो

के सोचे के भयो जीवनमा
रहर त्यसै बिलाए
बाँच्नु हो बाँचिदिन्छु
अब बाँकी नै के छ र ?

 

जिन्दगी बिउँझिएको थियो तिम्रो मायाले गर्दा
ती ठूला आँखाहरूको चोखो भावले गर्दा
एउटा सिङ्गो सपना अटाएको थियो त्यहाँ
म झनझन रमाउँदै गएको थिएँ जहाँ

 

के देख्नु के भोग्नु जीवनमा
जीवन त्यसै ओइलायो
बाँच्नु हो बाँचिदिन्छु
अब बाँकी नै के छ र ?

 

तिम्रो साथ भए पनि मन मरिसकेको छ
टुक्रा टुक्रा भएका छन् सल्बलाएका सपनाहरू
जोडिँदैनन् अब ती छरिएका टुक्राहरू
लखेट्दै छन् मलाई ती हिजोका विपनाहरू

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार