• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

अजोड इन्स्योरेन्सकोे तालिम सम्पन्न

काठमाडौं । अजोड इन्स्योरेन्सकोे २१ र २२ प्रधान कार्यालय शाखा तथा उप शाखाका सहायक तहका मार्केटिङ्ग कर्मचारीहरुलाई दिएको (In-house marketing training) तालिम  सम्पन्न भएको छ  । उक्त तालिममा ५२ जनामा र्केटिङ्ग कर्मचारीहरुको सहभागिता रहेको थियो ।त्यस्तै भाद्र २९, ३० र ३१ गते Virtual  माध्यमबाट आधाभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरिएको थियो ।

 

सहायक महाप्रबन्धक अनिलकुमार अर्यालका साथै प्रशिक्षर्थीहरुद्धारा बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नु पर्ने भुमिका र बिमाका विभिन्न portfolio  को बारे प्रशिक्षण भएको थियो। 

 

अजोड इन्स्योरेन्स लिमिटेडको Virtual  माध्यमबाट आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा २५ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो। उक्त तालिमहरुको संयोजन यस कम्पनीका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले गरेका थिए। उक्त तालिमहरुमा सहजिकरणको कार्य केन्द्रिय कार्यालय मानव संसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेकी थिइन । 

 

अजोड इन्स्योरेन्स लिमिटेडको प्रादेशिक कार्यालय, हेटौडामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ। तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रबन्धक दिपक पोखरेले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिकाको वारेमा प्रशिक्षण तथा छलफल भएको थियो ।

  
                                                                                                                                                                                                                             

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार