• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । बिहीबार शेयर बजार सामान्य बढेको छ । बजार खुल्नेबित्तिकै तीव्र गतिमा उकालो लागेको नेप्से बन्द हुने बेलामा भने दुई दशमलव सात अङ्कले बढेर दुई हजार आठ सय १९ दशमलव ६५ विन्दुमा पुगेको छ । बैंक र फाइनान्स समूहको शेयर सामान्य बढेको छ भने अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

 

मनकामना स्मार्ट लघुवित्तको शेयर बिहीबार पनि १० प्रतिशतले बढेको छ। यस्तै प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ६ र नेपाल बैंक तथा नेपाल बङ्गलादेश बैंकको शेयर पाँच प्रतिशभन्दा धेरैले बढेको छ । हिमालयन पावर पार्टनर र युनियन हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

बिहीबार दुई सय २८ कम्पनीका एक करोड ५७ लाख १४ हजार कित्ता शेयर सात अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै सानीमा बैंकको ३४ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार