• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित, अर्को बैठक भोली (शुक्रबार) बस्ने

काठमाडौं । राष्ट्रिय सभा बैठकले विनियोजन विधेयक, २०७८ लाई पारित गरेको छ। बिहीबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

 

बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए। त्यसअघि बैठक प्रारम्भ हुनसाथ एमालेका राष्ट्रियसभा सदस्यहरुले उठेर बिरोध जनाएका थिए ।

 

बैठकमा एमाले राष्ट्रिय सभा सदस्य कोमल वलीले सभामुख अग्नि सापकोटाको भूमिकाप्रति तब्रि असन्तुष्टि व्यक्त गर्दै सभामुखले राजीनामा नदिएसम्म समस्याको समाधान नहुने बताएकी थिइन् । 

 

त्यस्तै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले संसदमा देखिएको गतिरोधको अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।राष्ट्रियसभाको अर्को बैठक असोज ८ गते शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार