• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन

काठमाडौं। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेश र मन्त्रिपरिषद विस्तारबारे कुनै सहमति जुटाउन नसकेको हो।

 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराईलगायतका नेता सहभागी थिए। बैठकमा संसदमा बजेट पारित गर्ने प्रक्रियालाई अगाडि बढाउने विषयमा छलफल भएको थियो।

 

बैठकमा छिटो मन्त्रिपरिषदको पूर्णता दिनुपर्छ भन्ने कुरा भए पनि सहमति केही नभएको बताइएको छ। राजनीतिक दलसम्बन्धी अध्यादेशमा दलहरुबीच सहमति नहुँदा मन्त्रीपरिषद विषय नटुंगिएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार