• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
मनोरञ्जन

देब्स र कल्पनाको 'केवल तिमी भित्रै' को म्युजिक भिडियोमा कुन्साङ र सिम्रन

काठमाडौं ।  स्मुल सिंगिङ ओपन ग्रुप (एसएसओजी) परिवारको प्रस्तुतिमा  'केवल तिमी भित्रै' बोलको  नयाँ म्युजिक सार्वजनिक भएको छ।

 

४ वर्ष अघि स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको स्थापना दिवसको अवसर पारेर भर्चुअल रुपमा एक कार्यक्रम आयोजना गरि बरिष्ठ गायक उदय सोताङ र गायिका मनीला सोताङ मार्फत भिडियो सार्वजनिक गरिएको हो। यस गीतमा गायक देब्स राई र गायिका कल्पना प्राङ्ग्देन राईको युगल गायन रहेको छ।

 

गीतमा शब्द पदम साधना कुलुङको रहेको छ। चन्द्र श्रेष्ठले संगीतवद्ध गरेको यस गीतलाई दिक्षित पौडेलले संगीत संयोजन गरेका हुन् ।म्युजिक भिडियोमा युवा पुस्ता माझ लोकप्रिय मोडल  कुन्साङ बोम्जन र टिकटक स्टार सिम्रन पन्त फिचर्ड छन् ।


मनि के राई को कोरियोग्राफी रहेको यस भिडियोलाई विनोद विनिरजरा राईले छायांकन र सम्पादन गरेका हुन्। चक्र पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘एसएसओजी अफ़िसिएल’ युट्युव च्यानलबाट भिडियो सार्वजनिक भएको हो।
 

भिडियो : 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार