• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

त्रिकोणात्मक प्रेमकथामा आधिरित 'यो माया होइन र' सार्वजनिक

काठमाडौं । युवा  गायक मनोज थापा मगरको स्वर, संगीतमा  'यो माया होइन र' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 

गीतमा गायक मगरलाई  बेलायत निवासी गायिका पारु राईले स्वरमा साथ दिएकी छिन्। गीतमा  गायिका राईको शब्द  रहेको छ भने गायक मनोज थापा मगरको संगीत र संयोजन रहेको छ।    

 

बेलायतका विभिन्न  रमणीय स्थलहरुमा छायांकन गरिएको यस भिडियोमा  विपना गुरुङ, मण्डल थेबे र पारु राईको अभिनय देख्न सकिन्छ । त्रिकोणात्मक प्रेमकथामा आधिरित यस गीतको म्युजिक भिडियोमा  समाजको यथार्थ प्रस्तुत गरिएको छ।

 

आकर्षक तरिकाले प्रस्तुत गरिएको  भिडियोलाई  कुशल श्रेष्ठले  छायांकन र निर्देशन गरेका हुन् । गायक थापा मगरको आधिकारिक च्यानल मनोज थापा मगर मार्फत भिडियो सार्वजनिक भएको हो । निर्माण टिमले  दर्शक, स्रोता तथा मिडिया हाउसलाई यो गीतको भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।  

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार