ओमानसँग नेपाल पराजित
काठमाडौं । ओमानले विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो दिन नेपाललाई ५ विकेटले पराजित गरेको छ।
मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा ओमानले ३१.१ ओभरमा ५ विकेटको क्षतिमा १ सय ९७ रनको लक्ष्य पूरा गर्यो।एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ओमनसँग नेपालको लगातार तेस्रो हार हो।
ओमनलाई सहज जित दिलाउनको लागि जतिन्दर सिंहले शतकीय इनिङ खेले । उनले ६२ बलमा १२ चौका र ६ छक्का सहित सर्वाधिक १ सय ७ रन जोडे। त्यस्तै शोएब खान ७, अयान खान १८, कप्तान जिशान मक्सुद ४ र सुरज कुमार २० रनमा आउट भए ।
मोहम्मद नदिम ६५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३८ रनमा अविजित रहे। मोहमद नदीम ३८ रनमा अविजित रहदा सन्दीप गउड सुन्य रनमा अविजित रहे । नेपालका करण केसी र कुशल मल्लले २/२ विकेट लिए । सुशन भारीको नाममा १ विकेट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९६ रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले ९० रनको अर्धशतकीय इनिङ्स खेले। उनले १ सय १२ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
आसिफबाहेक अन्य खेलाडीले खासै राम्रो खेल प्रदर्शन गर्न सकेनन्। ओपनर कुशल भुर्तेल शून्यमा बाहिरिएका थिए । कप्तान ज्ञानेन्द्र मल्लले २१ रन, बनाएको रोहित पौडेलले २०, सोमपाल कामीले सात तथा विनोद भण्डारीले छ रन जोडेका थिए । यस्तै कुशल मल्लले चार, बिक्रम सोबले दुई, करण केसीले २१ रन बनाएका थिए ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस