• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
शिक्षा

कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौं  । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा बुधबारदेखि सुरु गर्दैछ । कोरोना संक्रमण फैलिएसँगै रोकिएको परीक्षा आजबाट सुरु भएको हो ।

 

विद्यार्थीको उत्तरपुस्तिका सङ्कलन गरी बोर्डले आफ्नै तरिकाबाट परीक्षण गर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए। सङ्क्रमण कम भएका कारण उत्तरपुस्तिका सङ्कलन गर्न लागिएको उनले जानकारी दिए । गत वर्षको कक्षा १२ को परीक्षामा भने उत्तरपुस्तिकाको परीक्षण परीक्षा केन्द्रमा नै गर्ने व्यवस्था मिलाइएको थियो ।


यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय बोर्डले गरेको थियो । तर महामारी बढेसँगै परीक्षा रोकिएको थियो।  परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन् । भने विद्यार्थीहरुलाई आफुले नै अध्यायन गरेको विद्यालयमा परीक्षा दिने व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार