• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

मञ्जुश्री फाईनान्सको गैंडाकोट,हाकिमचोक भरतपुर र पर्सावजार शाखाबाट कारोबार शुभारम्भ

भरतपुर । मञ्जुश्री फाईनान्स लिमिटेडले नवलपुर जिल्लाको गैंडाकोट ,चितवन जिल्लाको हाकिमचोक भरतपुर, र पर्सावजारबाट शाखाको कारोबार शुभारम्भ गरेको छ । मञ्जुश्री फाईनान्सका सञ्चालक समिती अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिती सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरेका छन ।

 

काठमाडौंको नयाँबानेश्वरमा मुख्यकार्यालय रहेको यस फाईनान्सका यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज,धरान,पोखरा, विरगञ्ज, मुर्गिया,योगीकुटि,मणिग्राम र भैरहवा मा १५ वटा शाखा रहेका थिए भने अव थप ३ साखा सहित शाखाको संख्या १८ पुगेको छ ।

 

२०७८ सालअषाढ मसान्त सम्म रु. ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ८.९१ अर्ब निक्षेप संकलन गरि रु ७.९५ अर्व कर्जा परिचालन गरेको छ ।

 

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र ATM सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार