• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप १५६२ जनामा कोरोना पुष्टि, १९ को मृत्यु

 काठमाडौं ।  नेपालमा पछिल्लो  २४ घण्टामा १५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५८९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   

 

 मन्त्रालयका अनुसार यो संगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७९  हजार ४९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ४१३ जना पुगेको छ । 

 

यस्तै हालसम्म कोरोनाबाट १० हजार ९८४ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा  १९ जनाले ज्यान गुमाएको मन्त्रालयले उल्लेख गरेको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७९ हजार ४९२ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार