• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

आज राष्ट्रिय बाल दिवस मनाइदै

काठमाडौं। आज ५७ औँ राष्ट्रिय बाल दिवस आज राष्ट्रिय बाल दिवस मनाइदैछ छ । सामान्य अवस्था वा कोभिड महामारीःबालअधिकारको संरक्षण हामी सवैको  जिम्मेवारी भन्ने नाराका साथ यो दिवस मनाइदैछ ।

 

विभिन्न संघ-संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने अधिकाँश कार्यक्रमहरु जुम प्रविधिबाट बहस र पैरवीका कार्यक्रम संचालन भइरहेका छन् । 

 

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

 

यसैविच गत आर्थिक वर्षमा हराएकामध्ये ८३ प्रतिशत बालबालिकालाई खोजी गरी परिवारमा पुनर्मिलन गराइएको छ। नेपाल सरकार, बालबालिका खोजतलास समन्वय केन्द्र ९१०४० मार्फत् उक्त वर्षमा तीन हजार ६५८ बालबालिका हराएकामध्ये तीन हजार नौ जनालाई पुनर्मिलन गराइएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार