• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

चाडवाडमा चिनीको मुल्य बढ्ने

काठमाडौं । अर्थ मन्त्रालयले चालु वर्षमा चिनी आयातका लागि सरकारी संस्थान साल्ट्र टे«डिङ कर्पाेरेसनलाई भन्सार छुट नदिने भएको छ । विगतका वर्षदेखि मूल्य वृद्धि गरी उपभोक्ता ठगिन सक्ने भन्दै भन्सार छुटमा सरकारी संस्थान साल्ट्र टेडिङलाई चिनी आयात गर्न दिँदै आएकोमा यो वर्ष भन्सार छुट नदिने भएको हो ।


भन्सार छुटमा चिनी आयात गर्न नदिँदा चाडपर्वको बेला बजारमा चिनीमा अस्वभाविक मूल्य बढ्ने सम्भावना छ । चाडपर्वको बेला बजारमा चिनीको खपत बढी हुने भई व्यवसायीले अस्वाभाविक मूल्य वृद्धि गर्ने भन्दै यसअघि ५० प्रतिशत भन्सार छुट दिने गरिएको छ ।


कर्पाेरेसनलाई ३० हजार मेट्रिक टन चिनी आयात गर्नका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५ महिनाअघि नै अर्थ मन्त्रालयलाई प्रस्ताव पेश गरेको थियो । तर अर्थ मन्त्रालयले अझै स्वीकृति दिएको छैन । बजार मूल्य हस्तक्षेप गर्नका लागि भन्सार छुटमा चिनी आयात गर्नका लागि पटक पटक प्रस्ताव पेश गरे पनि स्वीकृति नदिएको वाणिज्य मन्त्रालयका उच्च अधिकारी बताउँछन् । अर्थ सचिव मधु मरासनी भने चिनीको आयात भइरहेकाले एउटा कम्पनीलाई भन्सार छुटमा चिनी आयात गर्न दिँदा अरुलाई पनि दिनुपर्ने भएकाले पनि नदिएको बताउँछन् ।


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट्र टेडिङ कर्पाेरेसनमार्फत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी भन्सार छुटमा चिनी आयात गर्नका गत वैशाख ९ मा अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो । कर्पाेरेसनले प्रत्येक वर्ष भन्सार छुटमा चिनी आयात गरेर सहुलियत मूल्यमा बिक्री गर्दै आएको थियो । कर्पाेरेसनसँग चिनीको मौज्दात सकिएकाले बजारमा उपभोक्ताले महँगो मूल्यमा खरिद गर्नुपर्ने छ ।

 

कर्पाेरेसनका नायव कार्यकारी निर्देशक कुमारराज राजभण्डारीले कर्पाेरेसनसँग २ सय ४० मेट्रिक टन मात्र चिनी मौज्दात रहेकाले चाडपर्वमा बजार मूल्य नियन्त्रण गर्न नसकिने बताए । उपभोक्ता भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिनुपर्ने अथवा स्वदेशी मिलबाट चिनी उपलब्ध गराउनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पत्राचार गरेको उनले जानकारी दिए ।

 

कर्पाेरेसनले अहिले प्रतिकेजी ७९ रुपैयाँ चिनी बिक्री गरिरहेको छ । चिनीको बजार भने ९० देखि ९५ रुपैयाँमा रहेको छ । चाडपर्वको बेला बजारमा चिनीको खपत धेरै हुने गरेको छ। बजार मूल्य नियन्त्रण गर्नका लागि कर्पाेरेशनसँग चिनी नहुँदा व्यवसायीले मनपरी मूल्य लिँदा उपभोक्तालाई प्रत्यक्ष मार पर्न सक्ने कर्पोरेशनले जनाएको छ ।

 

यो वर्ष ८० हजार टन चिनीको उत्पादन कम भएको उद्योगीको भनाइ छ । मुलुकमा वार्षिक २ लाख ५० हजार टन चिनीको माग रहेकोमा यो वर्ष एक लाख १० हजार टन मात्र उत्पादन भएको चिनी उत्पादक संघको तथ्यांक छ ।

 

चिनी उत्पादन कम भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भन्सार सहुलियतमा ३० हजार टन चिनी आयात गर्नका लागि वाणिज्य मन्त्रालयले प्रस्ताव पेश गरेको थियो । मुलुकमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन माग रहेपनि गत वर्ष पनि कम उत्पादन भएको थियो ।लक्ष्मी सापकोटा /कारोबार

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार