• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

मञ्जुश्री फाइनान्स लिमिटेडको शाखा कार्यालय मुर्गिया ,योगिकुटि, मणिग्राम, र भैरहवामा शुरु

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो बाह्रौं, तेह्रौं चौधौ र पन्ध्रौ शाखा कार्यालय रुपन्देही जिल्लाको मुर्गिया ,योगिकुटि, मणिग्राम, र भैरहवामा कारोबार शुभारम्भ गरेको छ।मञ्जुश्री फाइनान्स लिमिटेड को सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यले शाखा कार्यालयको उद्घाटन गरे ।

 

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सले यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा र विरगञ्ज मा ११ वटा शाखा रहेका थिए भने अव थप ४ सहित शाखा संख्या १५ रहनेछ ।

 

२०७८ साल अषाढ मसान्त सम्म रु.९६ करोड ५३ लाख चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ८.९१ अर्व निक्षेप संकलन गरि रु ७.९५ अर्व कर्जा परिचालन गरेको छ । फाइनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार