• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
स्वास्थ्य

९११ जनामा कोरोना संक्रमण पुष्टि,१४२३ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

 

 नेपालमा लगातार दोस्रो दिन  संक्रमित हुनेको संख्या कम भएको छ । नेपालमा हाल २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।  

 

 यो अवधिमा १४२३ जना निको भएका छन्  भने नेपालमा कूल संक्रमितमध्ये ७ लाख ३९ हजार ४५७ जना संक्रमणमुक्त भइसकेका छन् । 

 

 पछिल्लो २४ घण्टामा  थप १३ जनाको मृत्यु भएको छ । नेपालमा मृत्यु हुनेको कूल संख्या १० हजार ९४९ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार