• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

क्रिप्टोकरेन्सी कारोबार नगर्न चेतावनी

काठमाडौं। नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न चेतावनी दिएको छ । बिहीबार सूचना जारी गर्दै केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ गैरकानुनी रहेको भन्दै कारोबार गरेको पाइएमा कारवाही गर्ने चेतावनी दिएको हो ।


‘हालका दिनमा क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ जस्ता कार्यमा संलग्न हुने प्रोत्साहन गर्ने गराउने समेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारण ठगिएको र ठगिन सक्ने देखिएको हुँदा कसैले यस्तो कार्य गरे/गराएको पाइए प्रचलित कानुनबमोजिम सजाय हुने व्यहोरा जानकारी गराइन्छ,’ राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

 

राष्ट्र बैंकका प्रवक्ता ढकालले बजारमा क्रिप्टोकरेन्सी कारोबारबारे सर्वसाधारणमा गलत सन्देश फैलिएको भन्दै यसबारे सर्वसाधारणलाई सचेत गराइएको बताए ।कारोबार

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार