• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

दुर्गालाल श्रेष्ठका तीन कविता

१.
तारमा अड्किएको चङ्गा झैँ
बेरिइरहनेछ मेरो आवाज
यो वायूमण्डलमा,
भोलि यो बाटो आउनेहरुलाई
सुनाइरहनेछ यसले मेरो कथा।

 

२.
कत्ति छैन चालचुल
न चलेकै छ पातपतिङ्गर,
मौन– सबका सब मौन !
हैन, यो निदाएको हैन,
बरु हो– पर्खिँदापर्खिँदै
पर्खाइको पराकाष्ठामा पुगेको।

 

३.
घाम डुब्नै आँट्यो
मेरो जाने बेला भयो,
सम्झना !
हिँड, सँगै जाउँ
फेरि यता
आइरहन नपरोस् मलाई।

 

(प्रस्तुत कविता हामीले उहाँको सङग्रह ‘अन्तर्भाव’ बाट कृतज्ञतापूर्वक लिएका हौँ । –सम्पादक)
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार