• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

प्रयास

बावुआमा सम्झाउँथे अव्वल मान्छे बन्न 
शिक्षकले धाप मार्थे राम्रो पढेस भन्न

 

पढाइमा इज्जत हुन्थ्यो ज्ञानको गर्व गर्न
व्यवसायिक सपनामा पूरै लागि पर्न

 

तर देशको परिस्थीती फेरिइदै गयो
पढेका र नपढेका सरोवरि भयो

 

नियूक्तिमा हुनथाले आफन्तजन हावी 
पहुँचवाला गर्नथाले रिक्त पदको दावी 

 

कोहि नहुने बिचराले केवल अड्डा डुुलें
होला भन्दै दर्खास्तमा व्यर्थ संग भुुले

 

राम्रो भनि चिनिएनी स्कुुल कलेज पढदा 
राजनीतिले साथ दिएन तिनले जागिर लढदा

 

पढुुन्जेल त हिम्मत गर्थे भोग्न प्रतिस्पर्धा 
तर घट्यो तिनको आँट नातावादले गर्दा 

 

सक्षमले महत्वको गर्न छाडे दावी 
नपढनेले मौका छोप्ने चलन भो हावी

 

योग्यताले जिस्काएको कथा सुन्नु कति ?
दुुःख पाए पढेकाले हण्डर खाँदा अति

 

सम्झनामा मात्र रहयो प्रयास अनगिन्ती 
जागिर खोज्दा खेर गाको योग्यताको बिन्ती ।।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार