• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

मन्त्रिपरिषदलाई पूर्णता दिन ढिला भयो, मन्त्रीहरुको नामावली छिटो दिनुहोस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नामावली दिन सत्ता साझेदार दलका नेताहरुसँग आग्रह गरेका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा उनले मन्त्रीहरुको नाम दिन आग्रह गरेका हुन् ।

 

मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाई भएको भन्दै देउवाले अब ढिलो गर्न नहुने बताएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना हुन लाग्दासम्म देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै सरकारको आलोचना भैरहेको छ । तर, गठबन्धन दलहरुभित्र मन्त्री बन्न खोज्नेहरुको संख्या धेरै भएकाले नाम टुंगो लगाउन शीर्ष नेताहरुलाई समस्या छ ।

 

शुक्रबारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार