• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

एमसीसी उपाध्यक्ष फतिमालाई ओलीले भने,एमसीसीबारे तत्काल म केही बोल्दिन

काठमाडौं । एमसीसी प्रतिनिधिमण्डल र नेकपा एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता भएको छ । 

 

भेटको क्रममा (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न सहयोग गर्न अध्यक्ष ओलीलाई आग्रह गरेकी थिइन्। त्यसको जवाफमा ओलीले एमसीसीबारे तत्काल धारणा नबनाउने जवाफ दिएका छन् ।

 

फतिमासँग ओलीले भने, सरकारमा हुँदा हाम्रो पोजिसन क्लियएर नै थियो। अहिले हामी प्रतिपक्ष भइसकेका छौँ, त्यसैले पहिले सत्तापक्षको सरकारको धारणा आओस् ।

 

बिहीबार बिहान काठमाडौं आएको यो टोलीले सबैभन्दा पहिला ओलीसँग भेटघाट गरेको थियो । ओलीपछि अन्य राजनीतिक भेट गर्ने कार्यक्रम तय भएको छ। ओलीसँगको भेटघाटमा एमालेका नेताहरु विष्णु रिमाल, सूर्य थापालगायतको उपस्थिति थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार