• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

पिताको सम्झनामा आमेशको गीत 

काठमाडौं । अभिनेता आमेश भण्डारीले दिवंगत पिताको सम्झनामा गीत सार्वजनिक गरेका छन् ।

 

मंगलवार बुबाको मुख हेर्ने दिनको अवसर पारेर उनले ‘बाबा’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा आमेशकै स्वर, शब्द र संगीत रहेको छ। भिडियोमा उनी आँफै फिचर छन् भने उनको पिताको भूमिका शोभित बस्नेतले निभाएका छन् । त्यस्तै, आमेशको बाल्यकालको भूमिकामा अबस्य भण्डारी फिचर छन् ।

 

यसै बर्ष आमेशका पिताको निधन भएको थियो । उनी पिताकै साथ, हौसला र प्रेरणाले फिल्म क्षेत्रमा आएका थिए। पितासँग उनको साथीको जस्तो सम्बन्ध थियो । पिताको निधनपछि विक्षिप्त भएका आमेश लामो समय आँशुमा डुबेका थिए । गीतको भिडियोमार्फत उनले पिताले आफूलाई गर्ने प्रेम देखाएका छन्। गीतका शब्द निकै मर्मस्पर्शी छन् ।

 

सुरेश न्यौपानेको कन्सेप्ट र निर्देशन रहेको भिडियोलाई संकल्प भुजेलले खिचेका हुन्। दिन्सन शाहको सम्पादन र कलर, करिश्मा केसीको आर्ट डिरेक्सन,केवलमान सिंह बस्नेत प्रोडक्सन म्यानेजर रहेको गीतको भिडियोका क्रियटिभ हेड सलोन बस्नेत हुन् । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार