• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

काठमाडौं उपत्यकामा असोज १ गते देखि विद्यालय खुल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा आगामी असोज १ गते देखि  विद्यालय खुल्ने भएको छ । 

 

सोमबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्थानीय तहका प्रतिनिधि,अभिभावक र शिक्षकसँग छलफल गरेर आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने निर्णय भएको बताएका हुन्।

 

उनले भने, ‘विद्यालयल खुलाउने कि नखुलाउने भन्ने विषयमा सोमबार बोलाइएको बैठकमा स्थानीय तहका प्रतिनिधि,अभिभावक र शिक्षकसँग छलफल गरियो । बैठकले कोरोनाको अवस्था मूल्यांकन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने भन्ने निर्णय गरेको छ ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार