• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

थेम्स थिएटर क्लबको नाट्य मनोबाद प्रतियोगिता २.० सम्पन्न

काठमाडौं । थेम्स थिएटर क्लब टीटीसी “We Act Out” ले  सुरु गरेको दोस्रो अनलाइन नाट्य मनोबाद प्रतियोगिता २.० सम्पन्न भएको छ। थेम्स इन्टरनेसनल कलेज अफिस अफ स्टुडेन्ट अफेयर्स र थेम्स थिएटर क्लबका सहभागीको उपस्थितमा एक कार्यक्रमबीच प्रतियोगिताको नतिजा प्रकाशन गरिएको थियो। 

 

प्रतियोगिता राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरबाट कुल ५७ प्रतियोगीले भाग लिएका थिए। गत वर्ष सफल रुपमा सम्पन्न भएको पहिलो नाट्य मनोबाद प्रतियोगिताले दिलाएको हौसला र उर्जालाई आत्मसाथ गर्दै रंगकर्मी, फिल्मकर्मी कलाकार लगायत सम्पूर्णको समयको सदुपयोग हुने अपेक्षा सहित सुरु गरिएको प्रतिगोगिता दर्शकहरुले दिएको माया र हौसलाले  सफल भएको क्लब की संयोजक रक्षा थापाले बताइन ।  

 

प्रतियोगिताको निर्णायक मण्डलहरुमा रंगकर्मी विजय बराल, दिया मास्के र दिलिप रानाभाटको मुल्यांकनको आधारमा कलकत्ता भारतकीकी प्रज्ञा बक्शी प्रथम,अर्घखाची,नेपालका ऋषिकेश बस्याल द्वितीय र कर्नाटक भारतका अन्शुल प्यानिकर तृतीय भए। प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई क्रमश : २० हजार, १५ हजार र १० हजार प्रदान गरिएको थियो । 

 

रंगमंचको संस्कार र संस्कृतिको माध्यमबाट समाज रुपान्तरण भन्ने मूल उदेश्यका साथ् सन् २०१६ मा स्थापना भएको क्लबले स्थापना कालदेखि अहिलेको अवस्थासम्म आइपुग्दा आफुलाई अरु सामू उभ्याउन सफल भएको प्रतिगोगिताका संयोजक अदिति खनालले बताइन। यस्तो कार्यक्रमले देश विदेशका रंगकर्मीसंग जोडिने मौका प्रदान गरेको र उदेश्य बमोजिम प्रतियोगिता सफल हुन सकेको संस्थापक हरिकृष्ण अधिकारीले बताए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार