• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
रंगमञ्च

बालबालिकाको लागि अब राष्ट्रिय एकल नाटक महोत्सव आयोजना हुने

काठमाडौं । लकडाउनले घरमा बसिरहेका बालबालिकाहरुलाई लक्षित गर्दै राष्ट्रिय एकल नाटक महोत्सव आयोजना गरिने भएको। सानो भर्याङ स्थित स्वस्तिश्री गुरुकुल स्कुलले भर्चुअल रूपमा राष्ट्रिय एकल नाटक महोत्सव आयोजनामा गरेको हो ।

 

महोत्सवमा देशभरिका बालबालिकाले आफुलाई मन लागेका विभिन्न विषयमा अभिनय गरेर पठाउन सक्नेछन्। महोत्सवमा बालबालिकाहरुले ३ देखि ५ मिनेटको एउटा नाटकको भिडियो बनाएर पठाउनु पर्नेछ। नाटकमा अरु चरित्र आए माइम गर्नुपर्नेछ । 

 

त्यस्तै भिडियो सम्पादन नगरी, एक सटमा, नाटकको शैलीमा खिचेको हुनुपर्दछ भने नाटक अनुसारको भेषभुषा र मेकअप गरिएको हुनुपर्नेछ । बालबालिकाहरु मध्ये तीन जना उत्कृष्ट छानिने छन् भने प्रत्यकले नगद ५,००० प्राप्त गर्नेछन् ।

 

महोत्सवमा सहभागी हुनका लागी tanka@swostishreegurukul.edu.np मा भिडियो पठाउन सकिनेछ । भिडियो पठाउने अवधी सेप्टेम्बर १ सम्म रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार