• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

पर्यटन प्रबद्धन तथा संस्कृति समिती गठन

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिती सदस्य अर्जुन शर्माको सभापतित्वमा चेम्बर अन्र्तगत गठित पर्यटन प्रवद्र्धन तथा संस्कृति समिती गठन गरेका छन।

 

अध्यक्ष मल्लले समिती सदस्यमा मनोनयन भएका दीपकराज जोशी, हिक्मत सिंह ऐर, बिनय वस्नेत, युवराज श्रेष्ठ, खुमवहादुर सुवेदी, जनकराज कालाखेती, बिक्रम पाण्डे, हरिप्रसाद धरेल, देवचन्द्रलाल कर्णलाई मनोनयन पत्र प्रदान गरे  । 

 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष मल्लले कोभिड १९ को महामारीले नेपालको पर्यटन क्षेत्र बढि प्रभावित भएकोले यस क्षेत्रको प्रवद्र्धनका लागी पर्यटन क्षेत्रसंग आवध्द्ध सवै निकायहरु लाग्नुपर्ने बताउँदै समितीमा नेपालको पर्यटन प्रवद्र्धन तथा संस्कृति क्षेत्रको विकासमा लामो अनुभव हासिल गर्नुभएका महानुभावहरुको प्रतिनिधित्व भएकोले चेम्बरको पर्यटन प्रवद्र्धन तथा संस्कृति क्षेत्रमा गरिने प्रयासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार