• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

थप ३ हजार ३८३ जनामा कोरोना पुष्टि, २४ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप  ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६५ हजार ८१५ पुगेको छ ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ७१८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ९९४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ६० हजार ११६ पुगेको छ।

 

देशभर १६ हजार ७१८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३९ लाख ६४ हजार ९९७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

 

यसैगरी पछिल्लो २४ घण्टामा थप २४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९२२ पुगेको छ ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार