• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

काठमाडौंमा फेरी थपियो निषेधाज्ञा (आदेश सहित)

काठमाडौं । आउँदो साउन २७ गतेसम्म जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा थप गरेको छ । आज बसेको तीन जिल्लाका सीडीओको बैठकले यस्तो निर्णय गरेको हो। 

 

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको आदेशमा साउन २१ गतेदेखि साउन २७ गतेसम्म निषेधाज्ञा जारी रहने उल्लेख छ।

 

सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम निषेधाज्ञा अवधिभर सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ।

 

यस्तै खुला स्थानमा मानिसको जम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभत्तेर आदि गर्न पाइने छैन।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार