• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

प्राधिकरणको निर्देशकमा कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिएका छन । 


आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त गर्न ऊर्जा मन्त्री पम्फा भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ । 

 

पूर्वकार्यकारी निर्देशक घिसिङलाई केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले उक्त पदमा दोहोर्‍याउन अस्वीकार गरी हितेन्द्रदेव शाक्यलाई कामु तोकेको थियो । 

 

शाक्यलाई नै पछि ओली सरकारले कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । शाक्यसँग आजै राजीनमा माग गरी घिसिङलाई नियुक्ति दिने तयारी गरिएको हो ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार