• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

रुपन्देही । लुम्बिनी प्रदेश सभाको विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ।

 

विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। 

अविश्वास प्रस्तावमा ३४ जना सांसदहरुको हस्ताक्षर छ। मुख्यमन्त्री पोखरेलले संसदको बहुमत गुमाएको प्रस्तावमा उल्लेख छ। विपक्षी गठबन्धनले माओवादीका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेका छन्। 

 

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको यो तेस्रो पटक हो। यसअघि गएको बैशाख ६ र २६ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो। लुम्बिनीमा ८० सदस्य प्रदेश सभा कायम रहेकाले बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार