• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

दार्चुला घटना : प्रतिवेदनमा टेकेर सरकारले उपयुक्त निर्णय गर्ने गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुला घटनाको  छानविन गर्न समितिलाई घटनास्थलतर्फ पठाएर अनुसन्धान सरु भइसकेको बताए । 

 

खाणले प्रतिनिधि सभाको मंगलबारको बैठकमा विभिन्न दलका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै (जय सिंह धामी) नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले खोजतलास गरिरहेको र  सत्यतथ्य बुझ्ने  काम भइरहेको बताएका छन ।

 

गृहमन्त्री खाणले समितिले दिने प्रतिवेदनमा टेकेर सरकारले उपयुक्त निर्णय गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन। घटनाको सत्यतथ्या अनुसन्धान गरी छिटै बाहिर ल्याउने उनले बताए ।

  

गृहमन्त्री खाणले  तुइनको ठाउँमा झोलुंगे पुल छिटो बनाउने र त्यहाँसम्म पुग्ने सडक निर्माण गरिने पनि प्रतिवद्धता जनाए। शुक्रबार बिहान महाकाली नदी तर्ने क्रममा ‘भारतीय सीमा सुरक्षाबलले तुइन काटिदिएपछि’ दार्चुलाको व्यास गाउँपालिका–२ का ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार