• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

जयसिंह धामी बेपत्ता घटना : प्रत्यक्षदर्शीको बयान आइसक्दा पनि आलटाल गरेको सांसदहरूको आरोप

काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दार्चुलामा तुइन काटेर नेपाली नागरिक जय सिंह धामीको हत्या गरिएको घटनाको विरोध गर्दै सांसदहरुले सत्य तथ्य बाहीर ल्याउन सरकार संग  माग गरेका छन ।

 

 पूर्वगृहमन्त्री तथा एमाले सांसद खगराज अधिकारीले यस घटनामा गृहमन्त्रीले संसदमा दिएको जानकारी गैरजिम्मेवारपूर्ण रहेको आरोप लगाएका छन। सांसद शान्ता चौधरीले  गृहमन्त्री हल्का र गैरजिम्मेवाररूपमा प्रस्तुत भएको टिप्पणी गरेकी छन ।

 

प्रत्यक्षदर्शीको बयान आइसक्दा पनि सरकारले आलटाल गरेको एमालेका सांसदहरुले आरोप लगाएका छन। गगन थापा,गणेश सिंह ठगुना, महेश बस्नेत, देबेन्द्रराज कडेल, दिलेन्द्र बढु,पुष्पा भुसाल,डिला संग्रौला, पदम गिरी, प्रेम शुवाललगायतका सांसदहरुले दार्चुला घटनाको सत्य तथ्य  छानबिन गर्न माग गरे ।

 

घटनाको स्थलगत रूपमा छानबिन गरी सत्यतथ्य सहित १० दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सह-सचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन भएको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार