• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने पारसको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

 

पारसले मंगलबार एक विज्ञप्ति निकाल्दै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । पारसले सामाजिक संजालमा लेख्दै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । 

 

सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गरेका पारसले लामो समय कप्तानी पनि सम्हालेका थिए । उनकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि ओडीआई मान्यतासम्म प्राप्त गरेको थियो ।

 

पारसले सन् २००४ मा राष्ट्रिय टिम डेब्यु गरेका थिए । त्रिवि क्रिकेट मैदानमा प्रिल २३ का दिन आईसीसी अन्तरमहादेशीय कपमा मलेसियाविरुद्धको खेलबाट पारसले सिनियर टिममा डेब्यु गरेका थिए । त्यसयता उनी टिममा महत्वपूर्ण खेलाडीको रुपमा रहदै आएका थिए ।

 

सन् २००९ मा कप्तान चयन भएका पारस २०१९ मा कप्तानी पद छाडेका थिए । उनले विनोद दासको स्थान लिएका थिए । युएईमा भएको एसिसी टि–ट्वान्टी ट्रफीबाट पारसले नेपाली टोलीको कप्तानी गरेका थिए ।

 

पारस कप्तानसँगै सर्वाधिक सफल खेलाडी पनि हुन् । ओडिआई र टि२० आई दुबैमा नेपालबाट पहिलो शतक प्रहार गर्ने खेलाडी हुन् । ओडिआईमा २०१९ मा यूएई र त्यसैवर्ष सिंगापुरविरुद्ध टि२० आईमा शतक प्रहार गरेका थिए । पारसले नेपालबाट १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४४ लिष्ट ए र ५६ टि२० क्रिकेट खेलेका छन्। पारसले २०१९ मा नेपाली टोलीको कप्तानी छाडेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार