• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

न्यूनतम साझा कार्यक्रम तय भएपछि मन्त्रिपरिषद् विस्तार

काठमाडौं । न्यूनतम साझा कार्यक्रम तय भएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने गठबन्धनका शीर्ष नेताहरुबीच सहमति भएको छ । 

 

सोमबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठकले मंगलबारसम्म न्युनतम साझा कार्यक्रम तय गरेपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको हो ।

 

छलफलमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष यादव सहभागी थिए। बैठकमा भोली मंगलबारसम्म मन्त्री बन्नेहरुको लिस्ट तयार गरिने छलफल पनि भएको एक नेता जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार