सेवासुविधा र जोखिम भत्ता चाहियो भन्दा वीर अस्पतालका स्वास्थ्यकर्मी कुटिए !
काठमाडौं । कोरोनाको समय सेवासुविधा र जोखिम भत्ता चाहियो भन्दै आन्दोलनमा उत्रेका वीर अस्पतालका कर्मचारीमाथि प्रहरीले लाठी प्रहार गर्दा चार कर्मचारी घाइते भएका छन् ।
यसबीचमा पटकपटक जोखिम भत्तालगायत सेवा सुविधा पाउनुपर्ने माग राखिए पनि माग सम्बोधन नभएको र पुनःदबाब दिनका लागि आइतबार प्रमुखकै कार्यकक्षमा स्वास्थ्यकर्मीमहरु पुगेका थिए ।
कार्यकक्षमा प्रमुखसँग वार्ता गर्न जाँदा प्रमुख गौतम उठेर हिँड्न लागेपछि आन्दोलित कर्मचारीले ढोका बन्द गरेर वार्ता गर्न दबाद दिएका थिए । तर, त्यहीँ बीचमा प्रमुख गौतमले प्रहरी बोलाए र ढोका खोलेर भित्र पसेको प्रहरीले कर्मचारीमाथि हातपात गरेको नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए।
आचार्यले प्रमुखले नै प्रहरी बोलाएर आन्दोलित कर्मचारीमाथि कुटपिट गर्न लगाएको बताएका छन् । उनका अुनसार विगत आठ महिनादेखि जोखिम भत्ता र सेवा सुविधा नपाएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनरत छन्।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस