• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
राजनीति

माधव नेपाल समूह सरकारमा नआउने 'प्रचण्ड' को भनाई

काठमाडौं । आइतबार बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको आइतबारको स्थायी कमिटी बैठकमा  नेपाल समूह सरकारमा सहभागी नहुने बताए ।

 

बैठकमा मन्त्रिपरिषद् विस्तारबारे केही समय लाग्ने पनि उनले सुनाएका छन् । साथै, नेपाल समूह सरकारमा सामेल गराउने प्रयासरत अध्यक्ष प्रचण्डले यस विषयमा प्रधानमन्त्री देउवा र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्ने पनि बैठकमा भनेका छन् ।

 

माधव नेपाल पक्ष सरकारमा सहभागी होस् भन्ने प्रचण्डको चाहना छ । उनले बैठकमा प्रधानमन्त्री शेरवहादुर देउवा भने माधव पक्ष सरकारमा नआए पनि अब मन्त्रिपरिषद् विस्तार गर्ने र माधव नेपालसँग गठबन्धनको राजनीतिक सम्बन्ध कायम राख्ने पक्षमा रहेको बताएका छन् । आफ्ना नियमित भेटघाटमा प्रचण्डले माधव नेपाललाई केपी ओलीले जहिले पनि धोखा दिने भन्दै आफ्नो हात माथि नपारी एमाले एकता नगर्न सुझाव दिइरहेका छन् ।

 

कहिले सरकारमा जाने मनसाय त कहिले पार्टी एकताको विन्दू नजिकमा पुगेकाले सहभागी हुन नसक्ने अध्यक्ष प्रचण्डलाई भन्दै आएका छन् । अध्यक्ष प्रचण्डले भोलि ३ बजे स्थायी कमिटीको अर्को बैठक पनि डाकेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार