• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

टोकियो ओलम्पिक : चीन शीर्ष स्थानमा

काठमाडौं । चीन विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद (टोकियो ओलम्पिक–२०२०) जापानमा जारी छ ।

 

शनिबारसम्म कुल १ सय ५४ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ४९ राष्ट्रले स्वर्ण पदक जितेका छन् । पदक तालिकामा चीनले शीर्ष स्थानमा आफ्नो अग्रता कायमै राखेको छ । जापान र अमेरिकालाई पछि पार्दै चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको हो । 

 

चीनले २१ स्वर्ण पदकसहित कुल ४६ पदक जितेको छ । दोस्रो स्थानको जापानले १७ स्वर्ण पदकसहित कुल ३० पदक जितेको छ । यस्तै तेस्रो स्थानको अमेरिकाले १६ स्वर्णसहित कुल ४६ पदक जितेको छ । सियन खेलाडीको टोली ९आरओसी० ११ स्वर्ण, १५ रजत र ११ कास्यसहित ३७ पदक जित्दै चौथो स्थानमा यथावत रहेको छ ।

 

१० स्वर्ण, ३ रजत र १४ कास्यगरी कुल २७ पदक हात पारेको अष्ट्रेलिया पाँचौ स्थानमा यथावत छ । इंग्ल्यान्ड ८ स्वर्ण, ९ रजत र ११ कास्यगरी कुल २८ पदक जितेर छैटौं स्थानमा रहेको छ । दक्षिण कोरियाले ५ स्वर्ण ४ रजत र ७ कास्यगरी कुल १६ पदक हात पार्दै सातौ स्थानमा रहेको छ ।

 

फ्रान्स ४ स्वर्ण, ९ रजत र ६ कास्यगरी १९ पदकसहित आठौं स्थानमा उक्लदा नेदरल्यान्ड्स ४ स्वर्ण, ७ रजत र ५ कास्यगरी १६ पदक जित्दै नवौं स्थानमा झरेको छ । न्युजिल्यान्ड ४ स्वर्ण, ३ रजत र ३ कास्यगरी १० पदकसहित शीर्ष १० मा अटाएका छन् । त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको संख्या २९ पुगेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार