• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

दार्चुला घटनामा भारत सरकारले दोषीलाई कारवाही गरी सार्वजनिक रूपमा माफी माग्नु पर्छ : थापा

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सरकारसंग माग गरेका छन ।

 

ट्वीट गर्दे थापाले लेखेका छन , 'दार्चुलामा तुईनबाट महाकाली नदी तर्न लाग्दा भारतीय सुरक्षाकर्मीले तुईनको डोरी चुडाईं दिएकोले नदीमा डुबेर जयसिंह धामीको दुस्खद निधन भएको घटनाको छानविन गर्न सरकारसॅग माग गर्दछु। घटना सत्य हो भने सो अमानवीय कार्यमा संलग्न दोषीलाई भारत सरकारले कारवाही गरी सार्वजनिक रूपमा माफी माग्नुपर्छ ।'

 

व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा तुइन चुँडिएर स्थानीय ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा वेपत्ता  भएका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार