• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

टिकटकमा डोयट गर्दा मायामा डुबे सुधिर र गीता 

काठमाडौं। अनिस अधिकारी र रचना रिमालको स्वरमा रहेको ‘जाउँ न कान्छी जाउँ’ बोलको गीत सार्वजनिक भएको छ। शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रोमान्टिक गीतमा गायक अधिकारीकै शब्द तथा संगीत रहेको छ।

 

टिकटकबाट चर्चामा आएका दुई कलाकार सुधिर श्रेष्ठ र गीता ढुंगाना भिडियोमा फिचर छन्। टिकटकमा डोयट गर्ने क्रममा नजिक भएको जोडीको प्रेमलाई भिडियोमा उतारिएको छ। भिडियोमा सुधिर र गीताको केमेस्ट्री सुहाएको देखिन्छ ।

 

सुवोल थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन्। अरुण थापा मगरद्वारा निर्मित भिडियोका सह-निर्माता आर्यन कार्की हुन्। अविगम्यान फिल्मस् एन्ड इन्टरटेन्मेन्ट यूट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार