• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठ तथा नाडा प्रतिनिधि मण्डलबीच छलफल

काठमाडौं । नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ७ सदस्य नाडा प्रतिनिधि मण्डलले आज नव नियुक्त  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई बधाई तथा शुभकामना  दिएको छ ।

 

सरकारकातर्फबाट नेपालको अटोमोवाइलक्षेत्रमा संलग्न व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसीयनहरु र देशैभर छरिएर रहेका श्रमिकहरुको लागि खोप उपलब्ध गराउने विषयमा राज्यमन्त्री र नाडा प्रतिनिधि बिच छलफल भएको छ । छलफलको क्रममा राज्यमन्त्री  श्रेष्ठले खोप उपलब्ध गराउन सक्दो प्रयास गर्ने आश्वासन दिएका छन।

 

उक्त भेटघाटमा नाडाका उपाध्यक्ष चौधरीले कोभिड १९ को कारण नेपालको समग्र अटोमोवाइल व्यवसाय नै समस्या परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोवाइलक्षेत्रबाट प्राप्त गर्ने राजश्वमा समेत परेको बताउँदै सरकारले लगाएको लकडाउन  केही खुकुलो भए पनि नेपालको अटोमोवाइल क्षेत्रका व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसीयनहरु र देशैभर छरिएर रहेका श्रमिकहरु खोपको अभावमा आफनो कार्यक्षेत्रमा जान नसकिरहेको बताए ।

 

व्यवसायको फ्रण्टलाईनमा बस्ने कर्मचारी र श्रमिकहरुलाई धेरै समस्या भएको बताउदै कोभिड १९ का कारण अटोमोवाइल व्यवसायले अझै गति लिन नसकेको र अटोमोवाइल व्यवसायलाई थप गतिशिल बनाउन खोपको आवश्यकता भएको बताए ।

 


सो प्रतिनिधि मण्डलले स्वास्थ तथा जनसंख्या सचिव लक्ष्मण अर्यालसंग पनि भेटी आवश्यक खोप उपलब्ध गराई दिनु अनुरोध गरेको थियो। सो भेटघाट तथा छलफलमा सचिव अर्यालले नीजि क्षेत्रले समेत खोप आयातगरी वितरण गर्न सकिने व्यवस्था भएकोले त्यसका लागि प्रयास गर्न आग्रह गरे । 

 

सो छलफलमा नाडाका उपाध्यक्ष करणकुमार चौधरी,कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रतील सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रिय कार्य समिती सदस्यद्धय निलमणी पाठक, मिलन बाबु मल्ल, दिपक अग्रवाल र पंकज अग्रवाललगाएतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार