• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

टोकियो ओलम्पिकमा गौरिकाको राष्ट्रिय कीर्तिमान

काठमाडौं। टोकियो ओलम्पिकमा नेपालकी पौडीवाच गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। टोकियो एक्वेटिक सेन्टरमा बुधबार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । 

 

हिट चरणमा गौरिकाले १ मिनेट ०.११ सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी हुन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन्। ५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् । 

 

यसअघि उनले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा ५८.१३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान राखेकी थिइन्। उनले त्यसबेला स्वर्ण जित्ने क्रममा भारतीय खेलाडीलाई पनि पछि पारेकी थिइन् । 

 

उक्त स्पर्धा २५ मिटर पुलमा भएको थियो । विश्व च्याम्पियनसिपमा भने उनले सन् २०१९ मा १ मिनेट ०।६२ सेकेन्डको उत्कृष्ट समय राखेकी थिइन्। ५० मिटर कोर्षमा भने उनको उत्कृष्ट प्रदर्शन हो ।

 

यसअघि मंगलबार पौडीकै एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो हिट जित्ने क्रममा राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । एलेक्सले निर्धारित दुरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार