हिमाल सागरको 'तिमी छौ र' मा अभिनेत्री नन्दिता केसी
काठमाडौं । 'तिमी छौ र' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सागरको यस गीतमा स्वर, शब्द र संगीत रहेको छ ।
मायालु प्रतिको प्रेम भाव प्रस्तुत गरिएको यस गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन् । अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियो निकै आकर्षक र स्तरिय बनेको छ। भिडियोमा शैलेश घलेको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो ।
हाल अमेरिकामा रहेकी नन्दिता केसी धेरै पछि भिडियोमा देखिएकी छिन्। उनलाई पहिलोपटक भिडियोमा डेब्यु गरेका व्यवसायी पुर्ण लम्सालले साथ दिएका छन् ।
पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।
भिडियो :
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस